साहुबाट ऋण काढेर केराखेती गर्दै मुक्त हलिया परिवार
कञ्चनपुर, ९ कात्तिक । साहुबाट ऋण काढेर कञ्चनपुरको कृष्णपुर–२ का मुक्त हलिया परिवारले व्यावसायिक केराखेती गरेका छन् ।
गाउँकै साहुबाट वार्षिकरूपमा सयकडा दुई प्रतिशत ब्याज तिर्ने गरी मीना सार्की र लालमती सार्कीले रकम कर्जाका रूपमा लिई केराखेती गरेका हुन् । मीनाले रु ३० हजार र लालमतीले रु ६० हजार कर्जा लिनुभएको छ ।
केराखेती गर्दै आएका दुवैजनाले छ महिनामै रु एक लाखदेखि दुई लाख आम्दानी गरेका छन् ।
ऐलानी जग्गामा बस्दै आएका दुवैजनाले पाँच कट्ठा र १० कट्ठा जग्गामा केराखेती गर्नुभएको छ । साहुबाट लिएको कर्जा ब्याजसहित छ महिनाको अवधिमै केराको कमाइबाट चुक्ता गरेको लालमतीले बताए ।
अन्न लगाउँदा छ महिनासम्म खान पुग्दैनथ्यो उनले भने, “हाल केराखेती गर्न थालेपछि केराखेतीको कमाइले अन्न खरिद गरेर घर खर्च चलाउन सहज भएको छ ।”
पहिले बालबालिकाको कापी कलम खरिद गर्न नसक्ने अवस्था थियो, अहिले सरकारी विद्यालयबाट छुटाएर निजी विद्यालयमा पढाउन थालेका छौँ उनले भने, “केराखेतीले जीवनस्तर उकास्नमा मद्दत पु¥याएको छ ।”
महिलाहरूले केराका बोटको स्याहारसुसार गर्ने र पुरुषहरूले केरा बेच्नका लागि बजारको खोजी गर्ने गरेका छन् ।
मजदुरी गरेर जीविका चलाउने मुक्त हलियाका पुरुष केराखेतीले मजदुरीभन्दा बढी आम्दानी दिन थालेपछि यसमै भविष्य देख्न थालेका छन् ।
मुक्त हलिया विनोद सार्की भन्छन्, “केराखेतीबाट राम्रो आम्दानी हुन थालेकाले थप जग्गा भाडामा लिएर केराखेतीलाई बिस्तार गर्ने योजना बनाएका छौँ ।”
“व्यापारीलाई केरा बेच्नका लागि तयार भएको जानकारी फोनमार्फत दिन्छौँ उनीहरू घरमै ट्रक लिएर केरा खरिद गर्न आइपुग्छन्, केरा फलाउन मिहिनेत गर्नुबाहेक बजार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छैन”, उनले भने ।
गाउँकै व्यक्तिहरूले केराखेती गरेर मनग्य आम्दानी गरेको देखेर यहाँका मुक्त हलिया परिवारले पनि केराखेतीलाई रोजेको बताएका छन् । केराखेतीका लागि तालिम नलिएका मुक्त हलिया कृषि विकास कार्यालयले तालिम दिए खेतीबाट बढी फाइदा लिन सक्ने बताउँछन् ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहार मिहिनेत गरे जे पनि गर्न सकिने भएकाले मुक्त हलियाहरूले ऋण काढेर गरेको केराखेतीबाट पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति:
October 26, 2014