चीनलाई सार्कमा समावेश गरौं : पाकिस्तान
![]() |
पाकिस्तानी प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा । |
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्कलाई अझ विस्तारित बनाउनका लागि चीनलाई समावेश गर्नुपर्ने औपचारिक धारणा व्यक्त गरेका छन् ।
१८ औं सार्क शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो धारणा व्यक्ति गरेका हुन् ।
चीनले पनि सार्कको स्थायी रणनीतिक साझेदार वा पूर्ण सदस्य बन्ने इच्छा व्यक्त गर्दै आएको छ । चीनलाई सार्कमा समावेश गराउन नेपाल सकरात्मक रहँदै आएपनि भारतले भने इच्छा देखाएको छैन । भारत बाहेक अन्य राष्ट्र पनि यो विषयमा सकरात्मक देखिएका छन् । सार्कका ५ राष्ट्रसँग चीनको सिमाना जोडिएको छ ।
उद्घाटन सत्रमा पाकिस्तानी प्रधानमन्त्री सरिफले यस क्षेत्रको जनताको शान्ति, प्रगति र समृद्धिको चाहनालाई सार्कले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउँदै आफनो मुलुक क्षेत्रीय सहयोग बढाउन तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले दक्षिण एसियामा रहेको साझा समस्या गरिबी विरुद्ध सबै एक भएर जुध्नुपर्ने समेत उल्लेख गरे ।
प्रकाशित मिति:
November 26, 2014