पत्रकार महासंघले संविधान निर्माणका लागि दवाव अभियान चलाउने

कार्तिक १७, काठमाडाैँ । दलहरुलाई तोकेकै मितिमा संविधान बनाउन दवाव दिन नेपाल पत्रकार महासंले तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । लमजुङको घलेगाउँमा बसेको महासंघको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठक १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो, महासंघका
अध्यक्ष डा.महेन्द्र विष्टले बैठकले ‘नेपाली जनतासँग गरेको वाचा नतोडौँ , ०७१ माघ ८ भित्रै संविधान निर्माण गरौँ’ भन्ने आह्वानसहित तीनमहिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए ।
सो बैठकले कार्तिक २२ गते भित्र महासंघका सबै शाखा र एसोसिएट संस्थाहरूले आ–आफ्नो कार्यसमितिको बैठक गरी संविधान निर्माणमा नेपाल पत्रकार महासंघको अभियान–०७१ को विषयमा छलफल र तयारी गर्ने निर्णय गरेको छ ।
कार्तिक २३ देखि २६ मा महासंघ केन्द्रसहित सबै शाखा र एसोसिएट संस्थाले सम्बन्धित क्षेत्रका सम्पादक, क्रियाशील पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता क्षेत्रका अगुवा संस्था, शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल ९पापड० मा आबद्ध संस्था र नागरिक समाजका विभिन्न संघ–संस्थासँग सामूहिक वा अलग–अलग रूपमा अन्तक्र्रिया गर्ने भएका छन् । अभियानका क्रममा ३० कार्तिकमा राजनीतिक दल तथा सभासद्सँग अन्तक्र्रिया, ८ मंसिरमा संविधानसभा अध्यक्ष, जिल्लामा प्रमुख जिल्ला अधिकारी र वैदेशिक शाखाले सम्बन्धित नेपाली दूतावासमार्फत संविधानसभासमक्ष संविधान निर्माणका लागि दुई महिना मात्र बाँकी रहेको जानकारी दिन स्मरणपत्र बुझाउने महासंघको कार्यक्रम रहेको छ ।
अजके नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति:
November 03, 2014