सहमतिका लागि अन्तिम प्रयासमा जुट्दै तीन दल

कार्तिक १७, काठमाडाैँ । संविधानका विवादित् विषयमा सहमति जुटाउन दलहरु आज पनि छलफल वस्दै छन । विभिन्न चरणमा पटक पटक छलफल गर्दा पनि सहमति जुटाउन असमर्थ रहेका दलहरु पुन आज छलफलमा जुट्ने भएका हुन सहमतिको म्याद हिजो नै सकिएको भए पनि हिजोकै बैठकको निरन्तरता भन्दै संविधान सभाका प्रमुख तीन दलको बैठक बस्न लागेको हो ।
सत्ता साझेदार दल एमाले,काङ्ग्रेसले आइतबार बैठक बसी विवादित विषयमा साझा धारण निर्माण गरे पनि माओवादी लगायत अन्य दलहरु त्यसमा सहमत नहुने सङ्केत देखिएको छ । दलहरु बीच राज्य पुर्नसंरचना,शासकीय स्वरुप,न्याय प्रणाली जस्ता संविधानका प्रमुख मुद्धामा सहमति हुन सकिरहेको छैन ।
प्रकाशित मिति:
November 03, 2014