नीतालार्इ लिएनन् , प्रियंकालार्इ अनुबन्धन गरे दिपकराज गिरीले

पछिल्लो समय दिपकराज गिरीको टोलीसंग नीताको सम्बन्ध बिग्रिएको कारणले गर्दा नीता यो चलचित्रमा अनुबन्धित हुन नसकेको सम्बन्धित पक्षले जनाएको छ । चलचित्र ६ एकान ६ रिलिज हुनु अघिनै नीता निर्देशक दिनेश डीसीसगँ सम्बन्ध विग्रिएको थियो । चलचित्रले सफल व्यापार गरेको पछि मनाइएको पार्टीमा समेत उपस्थित भइनन् नीता ,यसरी सम्बन्ध विग्रए पछि उनको सट्टामा प्रियंका अनुबन्धित भएकी हुन् । प्रियंका ले अभिनय गरेका अधिकांश चलचित्र सफल हुन नसकेका भए पनि उनी अभिनित गत बर्ष रिलिज भएको नाइ, नभन्नु ल २ ले भने निर्कै चर्चा कमाउनुको साथै राम्रो व्यवसायिक सफलता समेत हात पारेको थियो ।
वडा नं ६ को भदौ देखि नै सुटिङ शुरु हुने बताइएको भए पनि विभिन्न कारणले हुन सकेको थिएन । नायकिा मात्रै नभएर यसमा दिपकराजको टिमले यसमा निर्देशक पनि परिवर्तन गरेको छ । छ एकान छ को निर्देशन दिनेश डिसी गरेका थिए भने यसको निर्देशन उज्वल घिमिरेले गर्ने भएका छन् ।
प्रकाशित मिति:
November 02, 2014