ठेकेदारले काम छोड्दा जिल्ला स्वास्थ्यका आधा दर्जन भवन अलपत्र
जाजरकोट १८ कार्तिक । निर्माण कार्यको जिम्मा लिएका ठेकेदारहरु भागेपछि जाजरकोटमा स्वास्थ्य कार्यालयका आधा दर्जन भवनहरु अलपत्र परेका छन् । चार पाँच वर्ष देखि निर्माणको काम छोडेर उनीहरु वेपत्ता भएपछि जिल्लामा अतिआवस्यक स्वास्थ्यका भवनहरु अलपत्र परेका हुन् ।
भवन निर्माणको काम अलपत्र परेपछि जिल्लाको स्वास्थ्य सेवा निकै प्रभावित भएको जिल्ला स्वास्थ्य कार्याल्यका प्रमुख धिरजंग शाहले वताए । सहरी विकास तथा भवन डिभीजन कार्यालय सुर्खेतले निर्माण कार्यका सम्पुर्ण जिम्मेवारी लिएको र ठेकेदारले वेवास्ता गरेर काम छोडेपछि चार पाँच वर्ष देखि भवन निर्माणको काम अलपत्र परेपनि कुनै सुनुवाइ नभएको उनले वताए ।
उनले जिल्लाका स्वास्थ्य चौकी भवन , वर्थिङ सेन्टर भवन लगाएतका महत्वपुर्ण भवनहरु चरम रुपले अलपत्र अवस्थामा रहेको वताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न स्वास्थ्य सस्थाहरुका आधा दर्जन वढी करोडौं मुल्यका भवनहरु अल पत्र रहेका छन् ।
भवन डिभीजन कार्यालयले निर्माण गर्ने भवनको अनुगमन तथा अन्य हेरचाहको काम स्वास्थ्य कार्यालयले गर्न नपाएको कारण पनि यसवारेमा कुनै जानकारी नहुने गरेको प्रमुख शाहले वताए । भवन हाम्रो हो तर निर्माणका वेला हाम्रो सरोकार र सम्वन्ध केहि पनि छैन उनले भने ।
अहिले खगेनकोटको दल्लीको स्वास्थ्य चौकी भवन चार वर्ष देखि डिपीसी मात्र भएर अलपत्र परेको, जिल्ला स्वास्थय कार्यालयमा निर्माण भइरहेको वर्थिङ सेन्टर भवन चार वर्ष देखि अलपत्र परेर ठेकेदार समेत अलपत्र रहेको , मजकोटको वड्कुलेको वर्थिङ सेन्टर पनि डीपीसी भएर अलपत्र परेको सहरी विकास तथा भवन डिभीजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार दसेरा र सीमामा पनि वर्थिंग सेन्टर निर्माणको काम अलपत्र परेको छ भने ढिमेको घरंगामा भवन निर्माणको काम नै सुरु नभएको वताइएको छ ।
भवन निर्माण अलपत्र परेपछि विभिन्न स्वास्थ्य सेवाहरुको व्यवस्थापनमा निकै कठिनाइ भएको छ । निर्माण भइरहेका मध्य अधिकांश भवनहरु वर्थिंग सेन्टरहरु रहेका छन् ।
भवन निर्माणको ठेक्का लिएका ठेकेदारहरुलाइ वारम्वार ताकेता गरिएको सहरी विकास तथा भवन डिभीजन कार्यालय सुर्खेतका इन्जिनियर सन्जीवमान श्रेष्ठले वताए । उनले लामो समय देखि काम नगरेर भवन अलपत्र वनाउने कोहि पनि ठेकेदारलाइ कारवाहिको प्रक्रिया अघि नवढाइएको वताए ।
सम्वन्धित निकायले गलत गर्ने हरुलाइ कारवाहि गर्न नसकेका कारण कराडौंको वजेट अलपत्र परेको छ । गाउँमा सुरक्षित रुमा प्रसुती सेवा दिनका लागि सरकारले ठुलो रकममा भवन निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकायले वास्ता नगर्दा समस्या परेको हो ।
भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरुले आफनो लाइसेन्स नै नवीकरण नगर्ने, कामको जिम्मा आफुले नगरेर अर्काे व्यक्तिलाइ दिने गरेका कारण भवन निर्माणको काम अलपत्र परेको निर्माण व्यावसायी विस्वजंग मल्लले वताए । असुरक्षित रुपमा गर्भवती हुने चलन रहेको जाजरकोटमा स्वास्थ्य सस्थाहरुको व्यवस्थापन राम्रो नभएका कारण सुरक्षित रुपमा सुत्केरी हुन समस्या रहेको स्थानीय सरोकारवालाहरुको भनाइ छ । अहिले गतिलो व्यवस्थापन नभएका कारण जिल्लाका ग्रामीण भेगमा मात्र होइन जिल्ला अस्पतालमा समेत सामान्य थोरै जटिल अवस्थाका सुत्केरीहरु र विरामीहरुको उपचार हुन नसक्ने र उनीहरुलाइ वाहिर रिफर गर्ने गरिएको छ ।
प्रकाशित मिति:
November 05, 2014