सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौं, ९ पुस । सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय बुधबारदेखि लागू भएको छ ।
सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा दर एक प्रतिशत घटाउने सरकारको निर्णय आजदेखि लागू भएको हो ।
सार्वजनिक यातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा घटाउनुपर्ने आवाज चौतर्फी उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २.७३ प्रतिशतसम्म भाडा घटाएको छ ।
नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २।०७ प्रतिशत र पहाडमा चल्नेमा २।७३ प्रतिशत भाडा घटेको छ ।
प्रकाशित मिति:
December 24, 2014