एनजिओ आईएनजिओलाई गाउँमा पस्न विप्लव माओवादीले रोक्ने
हेलोखबर राजनीतिक ब्यूरो
पुस । सशस्त्र क्रान्तिको कार्यदिशालाई जोड दिएको नेक्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले एनजिओ तथा आईएनजिओलाई पार्टी अनुमति बिना गाउँमा पस्न नदिने भएको छ ।
मोहन वैद्य नेतृत्वबाट पार्टी विभाजन गरेर छुट्टै पार्टी गठन गरेको उक्त माओवादीले एनजिओ तथा आईएनजिओलाई गाउँ पस्न कडाईका साथ रोक्ने निर्णय गरेको छ ।
केही दिन अघि मात्रै दाङमा प्रथम राष्ट्रिय सम्मेलन गरेर विप्लव माओवादीले भ्रष्टचारीको भण्डाफोरसँगै एनजिओ, आईएनजिओलाई पनि रोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय सम्मेलनमा प्रस्तुत यथास्थिति क्रमभंगता इतिहासको अपरिहार्य आवश्यकता नामक दस्तावेजमा हालै महासचिवमा निर्वाचित विप्लवले एनजिओ, आईएनजिओहरुबाट जनता, पार्टी र क्रान्ति विरुद्ध गरिरहेका काम कार्यहरुलाई कडाईसँग रोक्ने र पार्टी अनुमतिबिना गाउँमा पस्न नदिने रोक्ने भनि उल्लेख गरेका छन् ।
प्रकाशित मिति:
January 14, 2015