पछाडी नफर्किने सभामुखको चेतावनी, भन्छन्- 'आइतबार टुंगो लाग्छ'
माघ ९ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबार बस्ने संविधानसभाको बैठकले संविधान निर्माणमा उत्पन्न गतिरोध टुङ्गोमा पुग्ने उल्लेख गरेका छन् ।
लगातारको विपक्षी सभाषदको नाराबाजीसँगै शुक्रबारको बैठक स्थगितपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताले संविधान कसरी बन्छ भनेर जवाफ खोजेको भन्दै अब पछाडि फर्केर नहुने र एकै ठाउँमा पनि उभिएर नहुने भन्दै प्रक्रिया अगाडी बढाउने बताए ।
सञ्चारकर्मीहरुसँग उनले आफूले दलका नेताहरूलाई कुनै न कुनै सहमति गर्न विभिन्न विकल्प दिएको, त्यसो नभए प्रक्रियाबाटै चालु गतिरोधलाई टुङ्गोमा पु¥याउने स्पष्ट पारेका थिए ।
केही दिनदेखि एमाओवादी र मधेसकेन्द्रित दलले सहमतिमै संविधान बन्नुपर्ने अडान राख्दै सो समिति गठनको प्रस्ताव अघि बढ्न नदिई संविधानसभाका बैठकहरु अवरोध गर्दै आएका छन् ।
प्रकाशित मिति:
January 23, 2015