हिमपातमा पनि डोल्पा दुनैमा खाद्यन्न वितरण रोकिएन्
रुपलाल बोहोरा
पुष १८ डोल्पा । यस बर्ष मंसिरमा नै हिमपात भए पछि डोल्पा जिल्लाको जनजिवन निकै नै प्रभावित भएको छ । पुष महिनाको गत विहिबार देखि माथिल्लो डोल्पाका साथै सदरमुककामा भारी बर्षा संगै हिमपात हुन शुरु भएको छ ।
शुक्रबार दिनभर परेको पानीको प्रवाह नगरि नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले चामल वितरण कार्य रोकेन । जिल्लामा खाद्येन्नको अभावले जनताको माग वढेपछि नेपाल खाद्य संस्थान शाखा कार्यालयले भारी बर्षातको मौसममा पनि चामल वितरण गरेको हो ।
घरमा चामल अभाव भएपछि चामलको लागी त्रीपुराकोट ८ रसीकी ७१ बर्षिया चम्मकली रोकाया जाडो मौसमको चिसो लाई सहेर पनि चामल वितरणको लाईनमा बस्नु परेको र आफु जस्तै थुप्रैले लाईनमा बस्नु पर्ने बाध्यता भएको वुद्ध रोकायाको भनाई छ ।
शाखा कार्यालय डोल्पाले पुष १३ गते बाट २ महिनाको खाद्ये चामल ५ दिनको लागी वितरण कार्य गरेको हो । जिल्लाका सदरमुकाम दुनै, शहरतारा, लावन, रह, त्रीपुराकोट गाविसहरुका स्थानिय ुबासीहरु सदरमुकाममा आएका छन् । सदरमुकाममै खाद्ये को यस्तो अभाव छ भने सदरमुकाम भन्दा वाहीर अन्य गाउँमा रहेका खाद्ये डिपोहरुमा ठेक्काद्धारा वितरण हुन्छ ।
एक पटक वितरण गरिने चामलम पर व्यक्तिले कती पाउछौ भन्ने पनि स्थानिय बासीहरुलाई थाहा छैन । खाद्ये अभावले सिंगै डोल्पा जिल्ला पहिलेकै स्थानमा भएको हाल सम्म कुनै सुधार आउन नसकेको भन्दै स्थानियहरुले गुनासो पोखी रहेका छन् ।

प्रकाशित मिति:
January 03, 2015