हजारौंको संख्यामा प्रहरीलाई संविधानसभामा उतारेको भन्दै माओवादीको आपत्ती
माघ ८ । एकीकृत माओवादीले हजारौंको संख्यामा प्रहरी शक्तिलाई संविधानसभामा उतारेको भन्दै आपत्ती जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले हजारौंको संख्यामा प्रहरी शक्तिलाई संविधानसभामा उतारेर सत्तापक्षीय दलले पञ्चायती शासककै शैली अपनाएको आरोप लगाएको छ।
एमाओवादीले संविधानसभालाई ब्यारेकमा परिणत गरेको पनि आरोप लगाएको छ । संविधानसभाको दृश्य हेर्दा यो सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक संस्था नभएर संगीनको बलमा हुकुम लाद्ने संयन्त्र बनेको प्रतित भएको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षाको नाममा प्रतिपक्षका महिला सभासदको अस्मितालाई समेत गिज्याउने काम भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति:
January 22, 2015