सर्वपक्षिय गोलमेच गर्न माओवादीको माग
८ माघ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले नयाँ संविधानमा समानता तथा पहिचानको अधिकारलाई संरक्षण गर्न माग गर्दै आज संविधानसभा भवन नजिकै विरोध प्रदर्शन तथा धर्ना दिएको छ ।
सो क्रममा धर्नाकारीले संविधानमा सबैका भावना समेट्नुपर्ने, आदिवासी तथा जनजातिका वेशभूषा तथा भाषासंस्कृति संरक्षण हुनुपर्ने, पिछडिएका वर्ग तथा दलितलगायतका राजनीतिक अधिकार संरक्षण गर्नुपर्ने माग गरेका थिए ।
सभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले मुलुकमा जनताले गरेको लामो समयपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न सर्वपक्षीय गोलमेच सम्मेलन गरी संविधान जारी गर्नुपर्ने बताइन् ।
सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष वीरबहादुर लामाले सबैले अपनत्व स्वीकार्न सक्ने संविधान निर्माण गरी सबै वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)की नेत्री अमृता थापा मगरले सिङ्गो राज्यको पुनःसंरचना गरी पूर्ण समानुपातिक, धर्मनिरपेक्षता कायम गर्नुपर्ने माग गरिन् ।

प्रकाशित मिति:
January 22, 2015