जातीयताको जालोमा रुमल्लिएको एमाओवादीमा कन्फ्युजनै कन्फ्युजन
फागुन १ गतेका दिन १९ वर्ष अगाडी आजै तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको थियो । त्यसपछि १० वर्षे जनयुद्धभर १५ हजार भन्दा बढी राज्य तथा विद्रोही पक्षले ज्यान गुमाए ।
जतिबेला माओवादीले मुख्यतयाः वर्गीय मुद्धालाई माथि उठाएको थियो जातियलाई भन्दा । त्यहीँ भएर निम्न तथा मध्यम वर्गले सक्ने जति सहयोग माओवादीलाई गरेका थिए । जनयुद्धकालमा जातिय विभेदको अन्त्य लगायत मुद्धा भने माओवादीको थियो । त्यति मात्रै होइन जातीय नामांकनसहित पार्टीद्धारा राज्य सञ्चालनको अभ्यास पनि गर्यो ।
अहिले भने माओवादीमा जातीय राज्यबारे कन्फ्युजन बढेको देखिन्छ ।
इलाम पुगेका एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दल जातीय राज्यका पक्षमा नरहेको बताएका छन् ।
सदरमुकाममा आयोजित कार्यक्रममा उनले आफ्नो दल उत्पीडितको पहिचानसहितको सङ्घीयताका पक्षमा पार्टी रहेको बताए ।
अर्कातिर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने जातीय आधारमा नै नामांकन हुनुपर्ने अड्डी कसिरहेका छन् । उनले केही समय अगाडी आयोजित अगुवा कार्यकर्ता भेलामा यसै विषयलाई लिएर केही कार्यकर्तालाई हप्काएका पनि थिए ।
कार्यक्रममा वर्णीय नारा बिर्सिएर जाती जाती भन्दा सर्वसाधरणमा नराम्रो म्यासेज गयो भन्दै पहिचानसहितको संघीयताबारे स्पष्ट गर्नुपरो भनेर कार्यकर्ताले भनेका थिए । प्रतिउत्तरमा उनले पहिचान सहितको संघीयता नबुझ्नेहरु कांग्रेस एमालेमा गए हुन्छ भनेका थिए ।
तर, अघिल्लो संविधानसभामा भने अखण्ड सुदुर भन्दै आफ्नै पार्टीका नेता लेखराज भट्टले अभियान नै चलाउँदा प्रचण्ड चुप बसेका थिए । त्यति मात्रै होइन, संविधानसभामा कांग्रेस एमाले जनजाती सभाषदहरुले समर्थन गर्दागर्दै पनि दुई तिहाई पुगेको अवस्थामा पनि प्रचण्ड पछि हटेका थिए ।
एकातिर, पहिचानसहितको संघीयताको रटान लगाउनु र अर्कातिर मौका आउँदा पछि हट्ने एमाओवादी उच्च नेतृत्वको चालबाजीले एमाओवादीले खोजेको पहिचान कस्तो भन्नेबारे भने अन्यौलता बढाईदिएको छ ।
प्रकाशित मिति:
February 13, 2015