स्वीस बैंकमा ५ अर्ब ४० करोड नेपाली कालो धन, कस्को भन्नेबारे गोप्य कायमै
काठमाडौं । स्वीट्जरल्याण्डको एक नीजि 'एचएसबीसी बैंक'मा नेपालीले ५ करोड ४० लाख अमेरिकी डलर (करिव ५ अर्व ४० करोड रुपैयाँ) रहेको खुलासा भएको छ ।
खोज पत्रकारहरुको संस्था ‘आइसीआइजे’ले विभिन्न आठ जना ग्राहक खातामा उक्त रकम रहेको खुलासा गरेको हो ।
‘स्वीस लिक’ प्रोजेक्टका नाममा खोज पत्रकारहरुको उक्त अन्तर्राष्ट्रिय संस्थाले संसारभरबाट स्वीस बैंकमा कालोधन जम्मा गर्नेहरुको विवरण सार्वजनिक गर्नेक्रममा यो खुलासा गरिएको हो ।
नेपालबाट कालोधन थुपार्ने ८ जना को हुन् भन्नेचाहिँ अहिलेसम्म खुलेको छैन ।
उसले गरेको दावी अनुसार उक्त बैंकमा सन् १९८८ बाट बैंक एकाउण्ट खोल्न थालिएको र त्यसमध्ये सन् २००६ सम्ममा १२ वटा एकाउण्ट पुगेपनि त्यसमध्ये आठ वटा सक्रिय रहेको उल्लेख गरेको छ । ती १२ वटा बैंक एकाउट सन् १९९४ पछि कोही पुरानो बैंक एकाउटलाई नविकरण गरेर ल्याइएको वा सन् २००६ सम्ममा नया खुलेका हुन् ।
ति बैंक एकाउण्टहरुको अरु ३६ वटा बैंक एकाउण्टहरुसंग सम्बन्ध देखिएको पनि उल्लेख गरिएको । यसले अरु पनि बैंकहरुमा नेपालीको रकम रहेको हुन सक्ने अनुमान गर्ने ठाउँ खुल्ला गरिदिएको छ ।
प्रकाशित मिति:
February 09, 2015