भूकम्पपछि बलात्कार बढ्दाे, बालिकादेखि वृद्धासमेत बलात्कृत
काठमाडौं १५ पुस । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच जबरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी प्रहरी कार्यालयमा परेको छ ।
भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका कारण महिलाहरु बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । तीन वर्षमा तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कार सिकार भएकी छन् । दुइ जना सुस्त मनस्थितिका महिला पनि बलात्कृत भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
छिमेकी र आफन्तबाटै बालात्कृत भएकी एक किशोरी र तीन युवती भने आमा भएका छन् ।
चरिकोट कारागारमा अहिले २९ जना बलात्कारीले कारबाही भोगिरहेका छन् । तीन घटनामा १५ वर्षभन्दा कम उमेर बालिका रहेका छन् । एउटा सामुहिक बलात्कार घटना भएको छ ।
प्रकाशित मिति:
December 30, 2016