नेपालकै पहिलो महिला नगर प्रमुख बनिन् कान्तिका
जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला नगर प्रमुख बनेकी छन् ।
लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजयी भएकी हुन् ।
उनले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतले दुई हजार ६६ मत ल्याएका थिए ।
त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने महत दुई हजार १८ मत प्राप्त गरी विजय भइन । उथका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए । नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरिन् ।

प्रकाशित मिति:
May 18, 2017