काठमाडौँ, २० असार । पूर्वसासंद मञ्च नेपालले मनसुनको सुरुवातसँगै विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुवानले भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै पीडितलाई तत्काल राहत प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।
मञ्चका कावा अध्यक्ष शङ्करनाथ अधिकारीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मनसुन सुरु भएसँगै वाढी, पहिरो र डुवानका समस्याले सप्तरी, सिन्धुपाल्चोक, कास्की, पर्वत जिल्लामा बाढी पहिरो र डुवानका कारण भएको जनधन क्षतिप्रति गम्भीर दुःख प्रकट गरेको उल्लेख छ ।
मञ्चले पीडितलाई तत्कालै उद्धार र राहत तथा जोखिममा रहेका बस्ती स्थानान्तरण कार्य तत्परतासाथ प्रारम्भ गर्न सरकारसँग आग्रह गर्दै सीमा क्षेत्रमा भारतले निर्माण गरीरहेका अग्ला सडक, बाँध संरचनाका कारण सालवसाली नेपाली भूभाग डुवानमा पर्दै आएकोमा भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरी यसको दीर्घकालीन समाधानको खोजी गर्न माग गरेको छ ।
माहुली बाँध फुटेर तिलाठी डुवानमा परेको छ । पोखराको सेती नदी कटान र जमिन भासिएका कारण मानववस्ती जोखीममा परेको छ, विज्ञप्ति भनिएको छ– ‘प्राकृतिक प्रकोपका कारण मात्र नभई मानव निर्मित संरचनाका कारण पनि बाढी पहिरो डुवानका समस्या उत्पन्न भएको छ ।’
Powered by Blogger.
बाढीपीडितको समस्या समाधान गर्न सरकारसँग माग
प्रकाशित मिति:
July 04, 2017