राजपा अध्यक्ष ठाकुरका सम्धी झा बने प्रदेश प्रमुख
माघ ३ काठमाडौँ
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका सम्धी उमाकान्त झालाई प्रदेश नम्बर पाँचको प्रदेश प्रमुख नियुक्त गरेको छ । ठाकुरले राजपाको भागमा परेको १ प्रदेश प्रमुखमा आफ्ना सम्धीलाई सिफारिस गरेका थिए। झा खिलराज रेग्मीको मन्त्रिपषिद्मा स्वास्थ्य मन्त्री बनेका थिए ।
यसअघि कांग्रेसले पाँच, फोरम र राजपाको सिफारिसमा १–१ जना प्रदेश प्रमुख नियुक्ति गर्ने गरी भागबन्डा भएको थियो।ठाकुरकी एकमात्र छोरीको विवाह झाका छोरासँग भएको छ ।
प्रकाशित मिति:
January 17, 2018