अमेरिकाले भगवान बुद्धको फोटोलाई जुत्तामा राखेकोप्रति एमाले पनि आक्रोशित
भदौ २० – शान्ति र अहिंसाका अग्रदूत गौतम बुद्धको तस्वीरलाई जुत्तामा राखेकोप्रति एमालेले पनि विरोध जनाएको छ ।
आफ्नै देशमा जन्मिएका भगवान बुद्धको तस्वीरलाई अमेरिकन आइकन शु डिजाइन कम्पनीले जुत्तामा प्रयोग गरिरहँदा सरकार तथा राजनीतिक दलहरु सुने नसुनै गरी बसीरहेको अवस्थामा ढिलै भएपनि एमाले भने बोलेको हो ।
नेकपा एमाले उपत्यका विशेष समन्वय कमिटीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर बुद्धको तस्वीरलाई जुत्तामा प्रयोग गरिँदा विश्वका करोडौँ बौद्धको आस्थामा चोट पुगेको बताएको छ ।
राष्ट्रिय अस्मिता, स्वाधीनता र जनभावनामा आघात पार्ने यस्तो गम्भीर विषयमा सरकार चुप लागेर बसेको एमालेले आरोप समेत लगाएको छ ।
भगवानको बुद्धको फोटोलाई जुत्तामा राखेकोप्रति विभिन्न संघ संस्थाले कडा विरोध जनाउँदै आएका छन् । तर, अमेरिकन उक्त कम्पनीले भने बेवास्ता शैलीमा भगवान बुद्धको तस्वीरलाई जुत्तामा राखेको हो
प्रकाशित मिति:
September 05, 2012