दलित युवतीलाई बलात्कार गर्ने वन कार्यालयका तीन जना प्रहरी खोरमा
भदौ २१ – दलित युवतीलाई बलात्कार गर्ने तीन जना जिल्ला वन कार्यालय पर्साका कर्मचारीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा बिरुवागुठी गाविस–६ बडनियारका २८ वर्षीय लक्ष्मण श्रेष्ठ, २५ वर्षीय सन्दीप गुरुङ र २५ वर्षीय जुम्ल मियाँ रहेका छन् ।
उनीहरु जिल्ला वन कार्यालय पर्साद्वारा गठित वन नाका संरक्षण समितिका सदस्य हुन् ।
बढनियार कोइलाभार विन्दवासिनी साझेदारी समितिभित्र पर्ने वन नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि केही दिनअघि मात्र समिति गठन भएको बताइएको छ ।
वनमा शौचालय गर्न गएका बेला एक्लै भएको मौका छोपी गत शनिबार राति तीनैजनाले बिरुवागुठी गाविस–६ बडनियारकी एक युवतीलाई बलात्कार गरेको पीडितको भनाई छ । पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति:
September 06, 2012