हप्ता दिनभित्र लिखित जवाफ पठाउन सर्वोच्चको प्रधानमन्त्री तथा मुख्य सचिवलाई आदेश
भदौ १९ – सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको विषयलाई लिएर अवहेलना मुद्दामा अदालतले प्रधानमन्त्री र मुख्य सचिवलाई लिखित जवाफ मागेको छ ।
न्यायाधीश ताहिर अली अन्सारीको एकल इजालसले सोमबार प्रधानमन्त्री र मुख्यसचिवसँग हप्ता दिनभित्र बारेसमार्फत् लिखित जवाफ पठाउन आदेश दिएको हो ।
आदेश कार्यान्वयन नभएको भन्दै दायर रिटमा न्यायाधीश अन्सारीको इजलासले सिँचाई सचिव प्रतापकुमार पाठक र सिँचाई मन्त्रीलाई समेत सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
आफ्नो सरुवा रोक्न सर्वोच्चले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै सचिव हाडाले प्रधानमन्त्री र मुख्यसचिवविरुद्ध अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
प्रकाशित मिति:
September 04, 2012