भारतमा माओवादी आक्रमण, कांग्रेस नेतासहित २९ को मृत्यु ३५ घाइते
जेठ १२ । छत्तीसगढ प्रान्तको बस्तर जिल्लामा माओवादी आक्रमणमा परी कांग्रेस नेतासहित २९ को मृत्यु भएको छ ।
उक्त आक्रमणमा परी वरिष्ठ काँग्रेस नेता महेन्द्र कर्मासहित पूर्वविधायक उदय मुदलियार, गोपी माधवानीलगायतको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कँग्रेस आईका अर्का वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री विद्याचरण शुक्ललगायत झण्डै १२ जना गम्भीर घाईते भएका छन् ।
घाइतेहरुको जगदलपुरको अस्पतातमा उपचार भईरहेको छ । घाइते मध्ये छत्तीसगढका पूर्व मुख्यमन्त्री विद्याचरण शुक्लको पेट र खुट्टामा गोली लागेको छ।
माओवादीले कांग्रेसको परिवर्तन यात्राका क्रममा रहेका गाडीमाथि हमाला गरेको हो ।
यात्रामा छत्तीसगढका कांग्रेस अध्यक्ष नन्दकुमार पटेल, पूर्व केन्द्रीयमन्त्री विद्याचरण शुक्ल, पूर्व मुख्यमन्त्री अजीत जोगी तथा विधानसभाका पूर्व प्रतिपक्षी नेता महेन्द्र कर्मा समेत लगभग १ सय २० जना सहभागी रहेको प्रहरी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
माओवादी विरोधी नेताको रुपमा चिनिएका महेन्द्र कर्मा समेत यात्रामा सहभागी हुने भएपछि उक्त यात्रा रोक्न यसअघि नै माओवादीले चेतावनी दिइसकेको थियो ।

प्रकाशित मिति:
May 26, 2013