जेठ १० । गृहमन्त्री घटनास्थल आई हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता नजनाएसम्म शवको अन्तिम संस्कार नगर्ने भन्दै स्थानीय जनताले पूर्व सभासद् सदरुल मियाँ हकको शव पूर्वपश्चिम लोकमार्गअन्तर्गत कल्याणपुर गाविस–२ को बिसनपुर चोकमा राखी प्रदर्शन सुरु गरेका छन् ।
स्थानीय वार्ता टोली र प्रशासनबीच बिहीबार अपराह्न भएको वार्ताका क्रममा गृहमन्त्री आउने निश्चित नभएको भन्दै उनीहरूले शव सडकमै राखेर प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले शुक्रबार गृहमन्त्री आउने आश्वासन दिँदै शवको अन्तिम संस्कार गर्न आग्रह गरिए पनि राजमार्ग अवरुद्ध गरेका प्रदर्शनकारीले भने गृहमन्त्री नआएसम्म अन्तिम संस्कार नगर्ने अडान राख्दैआएका छन् ।
मियाँका आफन्त र समर्थकले तीन दिनदेखि हत्या गरिएका पूर्वसभासद् हकलाई सहिद घोषणा, गृहमन्त्री घटनास्थल आई हत्यारालाई कारबाही गर्ने प्रतिबद्धतालगायत नौबुँदे माग राख्दै आन्दोलन जारी राखेका छन् ।
हत्यारालाई कारबाहीको मागसहित बजार, कलकारखाना, शिक्षण संस्था, सवारी आवागमन बन्द गराउँदै आएकाले जनजीवन प्रभावित भएको छ । दुई दिनदेखि अलपत्र सवारीसाधनलाई गए राति गन्तव्यतर्फ पठाइए पनि बिहीबार बिहानदेखि यहाँको बजार, कलकारखाना, शिक्षण संस्था, यातायात पुनः बन्द गरिएको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण आज पनि सप्तरी जिल्ला हुँदै चल्ने सयौंँ सवारी साधन रोकिँदा हजाराँैं यात्रु प्रभावित भएका छन् । रासस
Powered by Blogger.
चोकमै शव राखेर स्थानीयवासीद्वारा प्रदर्शन, गृहमन्त्री नआएपछि स्थानीय झनै आक्रोशित
प्रकाशित मिति:
May 24, 2013