चुनावमा सुरक्षा दिन सक्ला त प्रहरीले ?
असार ७ । मंसिर ४ गतेका लागि सरकारले संविधानसभाको दोस्रो निर्वाचनको मिति घोषणा गरेसँगै यसको विरोध र समर्थन दुवै उत्तिनै छ । पश्चिमा देशहरुसहित एमाओवादी, कांग्रेस, एमालेले यसको स्वागत गरेका छन् । नेकपा माओवादी नेतृत्वको ३३ दलिय गठबन्धन, अशोक राईको समाजवादी पार्टी तथा उपेन्द्र यादवको मोर्चा समेतले भने यसको विरोध गर्दै आएका छन् ।
पक्षमा रहेका दलहरुले जसरी पनि निर्वाचन गराउनु पर्ने पक्षमा वकालत गर्दै आएका छन् भने विपक्षी दलहरुले आफूहरु पनि हातमा दही जमाएर नबस्ने भन्दै चुनाव गराएर देखाउन चुनौती दिँदै आएका छन् ।
यस्तै अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले भने धाँधलीरहित र शान्तिपूर्ण हुनेमा ढुक्क हुन भनेको छ ।
प्रहरी प्रधान कार्यालयका नव नियुक्र प्रवक्ता नवराज शिलवालले शान्तिपूर्ण वातावरणमा चूनाव सम्पन्न गराउने र त्यसका लागि प्रहरीले आवश्यक तयारी समेत गरेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयद्धारा बिहिबार आयोजित पत्रकार भेटघाट कार्याक्रममा नवनिर्वाचित प्रवक्ता शिलवालले दलहरुबीच आपसी सहमति अन्तिम चरणमा पुगेको भन्दै चुनाव शान्तिपूर्ण बातावरणमा सम्पन्न हुने आश्वासन समेत दिए । प्रवक्ता शिलवालले भने “ नेपाल प्रहरी चुनावप्रति प्रतिबद्ध छ, हाम्रो तयारी पनि छ । ” उनले चुनावलाई धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा ब्यवस्थित ढङ्गबाट सम्पन्न गर्नका लागि प्रहरीले केन्द्रिय र क्षेत्रिय समूहहरुसमेत निर्माण गरेको बताए ।
प्रवक्ता शिलवालका अनुसार प्रहरी प्रधान कार्यालयले चुनावलाई नै मध्यनजर गर्दै १ सय ३८ जना प्रहरी महानीरीक्षक र ६ हजार १०० जना प्रहरी जवानको नयाँ भर्नाका लागि दरबन्दी समेत खुलाएको छ । ६ हजार दुई सय आठ जना नयाँ सहत प्रहरीमा जम्मा दरबन्दी सङ्ख्या ६७ हजार १ सय ८१ पुग्नेछ । जसमा न्यायपालिका तर्फका १ हजार सात सय १४ जना र पर्यटन तर्फ १ सय ८९ जना प्रहरी रहेका छन् । नयाँ दरबन्दी थप गरीएपछि ८० प्रतिशत अर्थात् ५३ हजार प्रहरीलाई चुनावमा खटाइने भएको छ ।
सुरक्षा दिन सक्ला त प्रहरीले !
नवनियुक्त प्रहरी प्रवक्ता सिलवालले भने जस्तै चुनाव शान्तिपूर्ण र भयरहित हुन्छ भनेर पत्याई जाने अवस्था भने छैन । एकातिर राजनीतिक दलहरुबीच नै निक्कै ठूलो विमति रहेको छ । यस्तो अवस्थामा नेकपा माओवादी नेतृत्वको ३३ दलिय गठबन्धन, अशोक राईको समाजवादी पार्टी तथा उपेन्द्र यादवको मोर्चा सम्मिलित नहुने हो भने कुनै पनि अवस्थामा निर्वाचन हुन्छ भनेर सोच्न सकिदैन । अझ अन्य दलहरुले यी दलहरुलाई वेवास्ता गरेर अगाडी बढ्न चाहे भने देश झडपतिर उन्मुख हुनेछ । त्यसमा कति ठाउँमा उच्छृंखल क्रियाकलाप हुने निश्चित छ । यस्तो अवस्थामा प्रहरीले स्थिति सहजै नियन्त्रण लिन निक्कै हम्मे हम्मे पर्ने छ ।
यता, बहिगर्मित पूर्व जनमुक्ति सेना, तथा विभिन्न युवा संगठनहरुले समेत चुनाव हुन नदिने घोषणा गरेका छन् । यहाँ अझ खतरनाक कुरा के छ भने पूर्व बहिगर्मित जनमुक्ति सेनाको संख्या हजारौँ रहेको छ । उनीहरु सबैलाई बम बारुद आफैँ बनाउन सक्ने सम्मका छन् । यदि उनीहरुले चाहे भने जहाँ जतिबेला पनि हिंसात्मक घटना घट्न सक्ने छ । कतिपयसँग पुराना रिसइबी तथा राज्यले केही नगरेको आक्रोश पनि हुन सक्ला । त्यो उनीहरुले पोख्न सक्ने खतरा पनि छ । यो प्रहरीको लागि अझ ठूलो चुनौती हो ।
एमाओवादी फुटेर दुई भागमा विभाजित बनेपछि त्यसमा पनि ठूला ठूला असन्तुष्टिहरु बाँकी रहन सक्छन् । कतिमा जनयुद्धकको डोब नै अझै बाँकी रहन सक्छ । त्यो बदला पनि निर्वाचनकै मौका छोपेर नबढ्लान भन्न सकिदैन । चुनाव हुने निश्चित भयो, ल चुनाव नै भयो तर हुँदा हुँदै त्यहाँ कुनै घटना घट्यो भने जिम्मा कसैले पनि लिन सक्ने अवस्था छैन ।

प्रकाशित मिति:
June 21, 2013