जेठ २६ । पर्साको सुख्खा बन्दरगाह नजिक गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।
जिल्लाको पिनीविर्ता गाविस वडा नं ७ निवासी २८ वर्षीय अशोक पटेलको नम्बर खुल्न नसकेको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
जिल्लाको भवानीपुरबाट आउँदै गरेको सो ट्रक पटेललाई ठक्कर दिएलगत्तै फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
ठक्कर दिने ट्रक र चालकको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । उनको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । घटनापछि केहीबेर स्थानीयवासीले सो सडकखण्ड अवरुद्ध बनाएका थिए ।
यसैबीच शुक्रबार राति सवारी दुर्घटनामा परी ज्यान गुमाएका भूमिसुधार कार्यालय पर्साका नायब सुब्बा तीर्थ खत्रीको स्मृतिमा आज एक दिन यहाँका सबै सरकारी कार्यालय बन्द आह्वान गरिएको छ ।
मृतक खत्रीको शोकमा आज एक दिन यहाँका सबै सरकारी कार्यालय बन्द आह्वान गरिएको नेपाल कर्मचारी सङ्गठनका सचिव नौतन पोखरेलले जानकारी दिए ।
वीरगन्जबाट कलैया जाने क्रममा शुक्रबार राति गण्डकस्थित प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा मोटरसाइलबाट लडेर खत्रीको ज्यान गएको थियो ।
Powered by Blogger.
ट्रकको ठक्करबाट सुब्बाको मृत्यु, विरोधमा सरकारी कार्यालय बन्द
प्रकाशित मिति:
June 09, 2013