मोटरसाइकल खोलामा खस्दा दुईको ज्यान गयो

मृत्यु हुनेमा काभ्रे नयाँगाउँ–६ बस्ने ३१ वर्षीय भरत तिमिल्सिना र मोरङ जिल्लाको मिर्गौलिया–७ बस्ने प्रमिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुवैजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
बा३५प ११०४ नम्बरको उक्त मोटरसाइकल काभ्रेको कटुन्जे गाविस–६ स्थित बिपी राजमार्गको सडकबाट करिब ५० फिट तल रोशी खोलामा खसेर दुर्घटना भएको थियो ।
प्रकाशित मिति:
June 09, 2013