जेठ २७ । नेपाल प्रहरी र विराटनगर नगरपालिकाका कर्मचारीको कुटाइबाट दुई पत्रकार घाइते भएका छन् ।
जनजाति, दलित, पिछडा वर्ग समन्वय समिति विराटनगरद्वारा आज विराटनगर उपमहानगरपालिमा भइरहको घेराउ कार्यक्रममा समाचार सङ्कलन गर्नका लागि गएका पत्रकारद्वय ब्रह्मदेव यादव र कौशल निरौलामाथि प्रहरीले बुट र लाट्ठीले प्रहार गरी घाइते बनाएको छ ।
आज बिहान सो समितिद्वारा ९:३० बजेदेखि १२ बजेसम्म १३ सूत्रीय माग राखी उपमहानगरपालिका घेराउ गरी नाराबाजी गर्दा प्रहरी र नगरपालिकाका कर्मचारीले आन्दोलनकारी र पत्रकारद्वयलाई कुटपिट गरेको पीडित पत्रकारले जनाएका छन् ।
कुटपिटबाट पत्रकार ब्रह्मदेव यादवको शरीरका विभिन्न लाठी र बुटको नीलडाम बसेको छ भने पत्रकार निरौलाको मुख सुन्निएको र जीउभरि नीलडाम भएको छ ।
पत्रकार यादव पपुलर एफएम सुनसरी इनरुवा र नेपालीपत्र काठमाडौँका स्थानीय सम्वाददाता हुन भने निरौला तराई टेलिभिजन र मकालु एफएम विराटनगरमा कार्यरत रहेका छन् ।
घाइते पत्रकारद्वयको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रहरी र नगरपालिकाको उक्त अमानवीय व्यवहारको पत्रकारका विभिन्न सङ्घसंस्थाले घोरभत्र्सना एवम् निन्दा गरेको छ ।
पत्रकार निरौलाले आफ्नो परिचयपत्र देखाउँदा झन् बढी कुट्न थालेको बताए ।
साथै कुटपिट गर्ने प्रहरी एवम् नगरपालिका कर्मचारीलाई कारबाहीको माग गरिएको छ ।
Powered by Blogger.
प्रहरी र नगरपालिकाका कर्मचारीको कुटाइबाट दुई पत्रकार घाइते
प्रकाशित मिति:
June 10, 2013