कन्या क्याम्पसमा भान्टा भेटिएको समाचारले पत्रकारलाई पुर्यायो हनुमानढोका
असार ७ । एक अनलाइनमा समाचार लेखेको विषयलाई लिएर पत्रकार सुशिल पन्तसहित नेपाली अनलाइनका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली हेडलाइन्स नामक अनलाइनमा अतिथि सम्पादकका रुपमा रहेका पत्रकार सुशिल पन्त र त्यसका सञ्चालक सन्तोष भट्टराईलाई अपराध महाशाखा हनुमान ढोकाको टोलिले पक्राउ गरेको हो ।
यसअघि उक्त अनलाइनमा प्रकाशित डिल्लिबजारस्थित कन्या बहुमुखी क्याम्पसको शौचालयमा भेन्टा भेटिएको भन्ने समाचारको विषयलाई लिएर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त समाचारले आफ्नो कलेजको प्रतिष्ठामा आच आएको तथा कलेजको अपमान तथा चरित्र हत्या भएको भन्दै कलेजले प्रहरीमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ ।
उक्त समाचारमा एक महिलाको भनाई उदृत गर्दै नाम गोप्य राखेर उक्त समाचार दिइएको थियो । जुन समाचारमा भेन्टा महिलाहरुले यौन सन्तुष्टिका लागि प्रयोग गर्ने गरेको भन्ने तवरबाट दिइएको थियो ।
प्रहरी स्रोतका अनुसार ती बाहेक अन्य ३ जनालाई पनि पक्राउ गरेको बताइएको छ । तर प्रहरीले भने अहिलेसम्म कसैलाई पनि खुलाएको छैन ।
प्रहरी प्रवक्ता नवराज सिलवालले पनि पन्तलगायतलाई पक्राउ गरेको कुरा आफूलाई थाहा नभएको भनेर उज्यालो अनलाइनलाई बताएको खबर उक्त अनलाइनले छापेको छ ।
तर पन्त लगायत उनीहरुलाई हनुमान ढोकामा राखिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अगाडी बढाउने तयारी गरेको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत १ लाखसम्म जरिवानाका साथै पाँच वर्षसम्म जेल सजाय वा दुवै हुन सक्ने उल्लेख गरिएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघले भने समाचार लेखेकै भरमा पत्रकारहरुलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको बन्देज भएको भन्दै विरोध जनाएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रभात चलाउनेले हेलोखबरसँग भने सरकारले अनलाइनलाई पनि पत्रकारिताकै रुपमा परिभाषित गरिसकेको, पत्रकारिताकै रुपमा प्रेस पास वितरण गरिसकेको अवस्थामा पीडित पक्षले उजुरी गर्ने तथा कारबाहीका लागि पहल गर्ने प्रेस काउन्सिल जस्ता ठाउँ हुँदाहुँदै सिँधै प्रहरीमार्फत पत्रकारलाई पक्राउ गर्नु प्रेसमाथिको हमाला भएको बताए ।
उनले समाचारले हानी पुर्याएको तथा मानहानी गरेको भए त्यसको दाबी गर्ने ठाउँ प्रहरी नभएर प्रेस काउन्सिल भएको भन्दै पत्रकारमाथि भएको उक्त घटनाले नेपाली प्रेस कति सुरक्षित छ भन्ने प्रश्न उठाएको समेत बताए ।

प्रकाशित मिति:
June 20, 2013