जेठ २७ । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आगामी बजेट कुनै पनि राजनीतिक वाद र सिद्धान्त तथा नाराबाट निर्देशित नहुने बताएका छन् ।
पूर्व बजेट छलफलका लागि आज अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले आगामी बजेट राजनीतिक सिद्धान्त र वादबाट बाहिर तथा वितरणमुखीबाट पर भई विकास केन्द्रित हुने जानकारी दिए ।
उनले आगामी बजेटमा ऊर्जा, पूर्वाधार विकास, कृषिको यान्त्रिकीकरण, पर्यटन, निर्यातमूलक गतिविधिलाई उच्च प्राथमिकता दिने पनि बताए ।
मन्त्री कोइारालाले गरिबी निवारण, रोजगार वृद्धि, लगानीमैत्री वातावरण, वैदेशिक लगानी वृद्धि र आर्थिक सुशासनलाई बजेटको मूल लक्ष्यमा राखिने बताए ।
उनले सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकबाट विकसित मुलुकको दर्जामा लैजान प्रतिवर्ष सात प्रतिशत आर्थिक वृद्धि दर हुनुपर्ने चुनौती रहेको पनि बताए ।
सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले चालू आर्थिक वर्षको राजस्व लक्ष्यभन्दा रु आठ अर्ब बढी सङ्कलन भइरहेकाले अब पुँजीगत खर्चमा जोड दिइने बताए ।
उनले वैदेशिक सहायतासम्बन्धी नीतिको मस्यौदा भइरहेको जानकारी पनि दिनुभयो ।
सेजनका अध्यक्ष प्रदीप चापागाईंले आगामी बजेटले आर्थिक सुशासन र स्थायित्वका लागि ठोस कदम चाल्नुपर्ने बताए।
सहभागी आर्थिक पत्रकारले बजेटमा वित्तीय सुधार, समुदाय परिचालन गर्न सुझाव दिएका थिए ।
Powered by Blogger.
अबको बजेट राजनीतिक वाद र सिद्धान्तबाट निर्देशित नहुने
प्रकाशित मिति:
June 10, 2013