कर्मचारीहरुको सरुवाको विरोधमा अनिश्चितकालीन सङ्खुवासभा बन्द
जेठ ३० । जिल्ला अस्पताल खाँदबारीमा कार्यरत कर्मचारीहरुको सरुवा रोक्नुपर्ने माग गर्दै साना पाँच राजनीतिक दलले अनिश्चितकालीन सङ्खुवासभा बन्द गरेका छन् ।
साना दलका तर्फबाट नेकपा–माओवादीका जिल्ला इन्चार्ज छत्रबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा कर्मचरी सरुवा रोक्नुपर्ने माग राखी जिल्ला अस्पतालमा लगाइएको ताला प्रहरीले खुलाएपछि बाध्य भएर अनिश्चितकालीन जिल्ला बन्दमा उत्रिनु परेको जनाइएको छ ।
अस्पतालका कर्मचारी सरुवाको निर्णय फिर्ता नहुन्जेल बन्द जारी रहने उनीहरुले जनाएका छन् ।
बन्दका कारण सयौँ यात्रु अलपत्र परेका छन् भने शैक्षिक संस्था तथा कार्यलयसमेत बन्द रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
प्रकाशित मिति:
June 13, 2013