अभिनेत्री जिया खानद्धारा आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या
जेठ २१ । बलिउडमा नाम र दाम राख्न सफल गजिनि, हासउफुल जस्ता चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन् ।
जियाले गएराती ११ बजे आफ्नै फ्ल्याटमा आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मुम्बईको जुहुमा बस्दै आएकी २५ वर्षिय उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बेलायतमा हुर्किएर केही समययता भारतमा बस्दै आएकी उनले के कारणले आत्महत्या गरिन् भन्नेबारे भने खुल्न सकेको छैन ।
उनी २००७ देखि चलचित्र निशब्दमार्फत बलिउड यात्रामा प्रवेश गरेकी थिइन् । उक्त चलचित्रमा उनले नायक अमिताभ बच्चनसँग समेत भूमिका निभाएकी थिइन् ।
आत्महत्यास्थलमा जियाको कुनै पनि सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । तर जियाले केही समय यता विभिन्न कारण तनाव झेल्दै आएको बताइएको छ ।
प्रकाशित मिति:
June 04, 2013