आँखाको नानी फुटाउने शिक्षिका पक्राउ
असार २१ । अजय धोवीको आँखाको नानी फुट्ने गरी कुटपिट गर्ने बाँके हिरमिनियस्थित भेरी जोन इङलिस मिडियम स्कुलकी शिक्षिका आराधाना रानालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षिका रानालाई पक्राउ गरी अनुसन्धान सुरु गरीएको छ ।
गृहकार्य नगरेको भन्दै शिक्षिका आराधाना रानाले कापीले हान्दा ८ बर्षिय बालक अजय धोबीको आँखाको नानी गुमेको थियो।
शिक्षिका रानाको कुटाइले असारको ९ गते आँखामा चोट लागेपछि अजयलाई उपचारका लागि नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा ९ दिन सम्म राखिएपनि अजयको आखामा सुधार नभए पछि थप उपचारका लागि काठमान्डौं रिफर गरिएको हो ।
अहिले बालक अजयको तिलगंगा आखा अस्पतालमा उपचार भईरहेको छ।

प्रकाशित मिति:
July 05, 2013