जग्गा विवादको झडपमा कपिलवस्तुमा एकको ज्यान गयो

जग्गाको सिमाको सम्वन्धमा विवादमा पछि भएको झडप हुँदा बैदुल रहमानको मृत्यु भएको छ ।
घटनामा अन्य चार जना घाइते भएका छन् भने त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
गम्भिर घाइते सदरुल हुसेन र महमुद अयुबको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ
। आक्रोसित दुवै पक्षबीच दाउराको चिरपट, ढुङ्गालगायतका घरेलु हतियार प्रयाग गरेका थिए।
घटनमा संलग्न रहेको आरोपमा प्रहरीले हमद हुसेन, शेरातुन निसा, नुरुल हुसेन र रहमानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
July 22, 2013