सञ्चारमन्त्रीद्धारा पत्रपत्रिका वर्गीकरणमा त्रुटी भएको स्वीकार
साउन ८ । सुचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले पत्रपत्रिका वर्गिकरणमा त्रुटी भएको स्वीकार गरेका छन् ।
उनले त्रुटी सच्याउन तत्काल निर्देशन दिईसकेको जानकारी पनि दिए । नेपाल प्रेस युनियनको ज्ञापनपत्र बुझ्दै सञ्चार मन्त्री पौडेलले आस्थाका आधारमा वर्गिकरण गर्ने आफ्नो नियत नभएको पनि स्पष्ट पारे ।
उनले श्रमजिवी पत्रकार ऐन पुर्णरुपमा कार्यान्वयन गराउन पहल भईरहेको जानकारी दिदै बनिसकेको ऐन कार्यान्वयन नहुदा आफुलाई पनि पिडाबोध भएको अनुभव सुनाए ।
सञ्चारमन्त्री पौडेलले सरकारी संचार माध्यमहरुमा साझा स्टिन्जर प्रयोग गर्ने कुरामा पनि सुझाव अनुसार नै अगाडी बढ्ने आश्वासन दिए ।
सरकारले सरकारी संचार माध्यममा साझा स्टिन्जर प्रयोग गर्ने निति बजेट भाषणमा उल्लेख गरेपछि युनियनले आपत्ति जनाएको हो ।
युनियनका अध्यक्ष किरण पोख्रेलले बुझाएको ज्ञापनपत्रमा धेरै संचार माध्यममा एउटै संवाददाता प्रयोग गर्ने कुरा अव्यवहारिक, अवैज्ञानिक र अव्यवसायीक हुने उल्लेख गरिएको छ ।
पत्रपत्रिकाको वर्गीकरणमा भएको पक्षपात सच्याउन र सञ्चार मन्त्रालय अन्तरगतका निकायहरुमा भईरहेको राजनितिक नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको युनियनका महासचिव शिव लम्सालले जानकारी दिए ।

प्रकाशित मिति:
July 23, 2013