वाईसियलको बन्द अराजक, एम्बुलेन्समा पनि तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै वाइसिएले नेपाल रेडक्रस सोसाइटी पिप्लेको ना२च ४४८८ नम्बरको एम्बुलेन्स माथि तोडफोड गरेका छन ।
बन्दकर्ताहरुले दुरसंचार कार्यालय रत्ननगर कार्यालयमा पनि तोडफोड गरेका छन् ।
यसैबीच बन्दकर्ताले पूर्वी चितवनको जुटपानी–१ खोलेसिमल बजारमा एक हार्डवेयर पसलमा तोडफोड गरेका छन्।
बन्दका कारण पुर्व पश्चिम राजमार्ग यातायत अवरुद्ध भएको छ यस्तै शैक्षिक संस्था, कलकारखाना, नारायणगढबजार प्रर्दशनकारीले ठप्प पारेका छन ।
तोडफोडमा संलग्न माओबादी १५ जना कार्यकर्तालाई प्रहरीले प्रर्दशनकारीलाई प्रहरीले प्रक्राउ गरेको बताएको छ ।
प्रकाशित मिति:
August 01, 2013