मलेसियामा नेपालीको बेहाल, दूतावासद्धारा नै अनधिकृत पैसा असुल

मलेसियाको अध्यागमन विभागले सेप्टेम्बर पहिलो साताबाट व्यापक धरपकड थालेपछि अवैध बसेका नेपाली कामदारले स्वदेश फर्कन दूतावासबाट ट्राभल डकुमेन्ट बनाउनुपर्ने हुँदा त्यसमा भने नेपाली दूतावासले भ्रष्टचार गरेको छ ।
स्वदेश फर्कन लागेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीले 'ट्राभल डकुमेन्ट' बनाउन अनधिकृत पैसा उठाएको खबर नागरिक दैनिकले छापेको छ ।
दूतावासका द्वितीय सचिव चक्र सुवेदी र कर्मचारी कृष्ण विष्टले अनधिकृत रुपमा रकम उठाइरहेको नेपाल फर्किएका कामदार र मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले आरोप लगाएको छ ।
दूतावासका कर्मचारीले पैसाका लागि धेरै दुःख दिने गरेको गुनासो पछिल्लो पटक बढेर गएको छ ।
प्रकाशित मिति:
September 22, 2013