बन्चरोले हानेर आमाको हत्या गर्ने पक्राउ
असोज ६ । रामेछापका भोला बुढाथोकीलाई बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बर्दिबासबाट पक्राउ परेका उनलाई अनुसन्धानका लागी रामेछाप प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।
भोलाले गएको भदौ २३ गते तिजको दिन पैसा माग्दा नदिएको भन्दै बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका थिए ।
प्रकाशित मिति:
September 22, 2013