किरिया गरेको श्रीमान् टुप्लुक्क घर आइपुग्दा.......

चार महिनासम्म घर नफर्किएपछि परिवारले मृत्युको शंकामा काजकिरिया गरे । पत्नीको चुरा फुटाइयो । सिउँदो पखालियो । र, उनले सेता लुगा लगाइन् । तर, मृत्यु भएको ठानिएका उनै व्यक्ति शुक्रबार टुप्लुक्क घर आइपुग्दा सबै चकित भए ।अब के गर्ने ? तत्काल छिमेकी र आफन्तले बाजागाजासहित स्वागत गरे । र, भोलिपल्ट शनिबार पत्नीसँगै दोस्रोपल्ट बिहे गराइदिएको कान्तिपुरमा खबर छ ।
लामो समयपछि उनी घर र्फकंदा आफन्तमा खुसीको फरक माहोल थियो । बाजागाजाका साथ घर भित्र्याइएका उनलाई काजकिरिया गरिसकेका कारण आफन्तले स्थानीय शिव मन्दिरमा लगेर पत्नी नोखीसँगै पुनः विवाह गराइदिएका हुन् ।
पतिको बरखी बारेकी नोखीले असारदेखि रातो कपडा, सिन्दूर, चुरा, पोते लाउन छाडेकी थिइन् ।गाविसमा उनको मृत्यु दर्तासमेत भइसकेको छ । गौरीकुण्डको बाढीमा बेपत्ता उनलाई आफन्तले लामो समय खोजी गरेका थिए । लामो समय सम्म बेखबर भएकाले सबै परिवारले माया मारिसकेका थिए । एक्कासि उनी घरमा टुक्लुक्क आएपछि सबै खुसीसँगै चकित परेका भएका थिए ।
प्रकाशित मिति:
September 22, 2013