माओवादी चुनावमा आउने भए संविधान सभाको मिति सारिने : गच्छदार

आज धनगढीमा भएको एक साक्षत्कारमा सञ्चारकर्मीहरुलाई उनले नेकपा माओवादी चुनाव जाने निर्णय गरेको खण्डमा मिती सारीने बताएका हुन।
नेकपा माआवादी मंसिर ४ को चुनाब मिति सारेर चुनाबका लागी तत्परता देखाएको खण्डमा चुनाबको समय सारिने बताएका छन । यस बिषयमा उच्च स्तरीय राजनीतिक समितिमा पनि निरन्तर छलफल भइरहेको बताएका छन ।
जनताको सुझाब जान्नको लागी चुनाव एक मात्र बिकल्प भएकोले सम्पुर्ण राजनितिक दल संविधान सभाको चुनावलाई आउन आग्रह गरेका छन ।
उनले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी २ सय निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव लड्ने बताएका थिए ।
प्रकाशित मिति:
September 11, 2013