सुनको भाउ निरन्तर घट्दै

आज सुन तोलामा ६ सय घटेर ५७ हजार ५ सय रुपैयाँमा बेचबिखन भइरहेको छ ।
यसै गरी हिजो सुन तोलामा १२ सय रुपैयाँले घटेर ५८ हजार एक सय रुपैयाँ कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुन सस्तिएकाले नेपालमा पनि भाउ निरन्तर घटिरेहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय रुपमा नै सुनको कारोबारमा निरन्तर गिरावट आइरहेकोले अझै केही दिन सम्म सुन सस्तो हुदै जाने अनुमान गरीएको छ ।
प्रकाशित मिति:
September 11, 2013