कतार दुतावासमा तलब नपाएका १५ सय कामदार
भदौ १८ । तलब नपाएको लगायत विभिन्न विषयमा गुहार माग्दै कतारस्थित नेपाली दुतावासमा १५ सय नेपाली पुगेका छन् ।
आफ्नो कम्पनीले तलब नदिएको र खाना पनि स्वास्थ्यकर नभएको भन्दै काम छाडेका मजदुरमाथि धरपकड भएपछि उनीहरु दुतावासको शरण लिन बाध्य भएका हुन् ।
करिब १ हजार ५ सय नेपाली मजदुरले आफ्ना समस्याको सुनुवाई हुनुपर्ने माग राखेर शनिबारदेखि काम छाडेका हुन् । व्यवस्थापनले वार्तामा आउन मजदुरलाई बोलाएर पाँचजनालाई गिरफ्तार गरेपछि नेपाली कामदार आक्रोशित भएको कान्तिपुरमा खबर छ ।
परिचयपत्र नभएका, ६ महिनासम्म तलब नपाएका, घर जान नपाएका, घरमा बाबुआमा बित्दा समेत फर्कन नपाएका, समयमा उपचार नपाएका पीडितहरु दुतावासमा पुगेका हुन् ।

प्रकाशित मिति:
September 03, 2013