विवादित क्रान्तिकारीका महासचिव शाहीद्धारा पार्टी त्याग
असोज १८ । नेकपा–माओवादी निकट विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारीका महासचिव कमल शाहीले माओवादी छाडेका छन् ।
शाहीले एक विज्ञप्ति मार्फत पार्टी अकर्मन्यतामा फसेको आरोप लगाउँदै पार्टी छाडेका हुन् ।
माओवादी सैद्धान्तिक हिसाबले छद्म अवसरवाद तथा राजनीतिक हिसाबले अकर्मण्यतामा फसेको आरोप लगाउँदै पार्टी छाडेका शाहीकै केटीकाण्ड र घडेरीकाण्डको विषयले भने माओवादी पोलिटब्यूरो हुंदै स्थायी समितिसम्म हंगामा मच्चाउँदै आएको थियो ।
शान्ता नामकी एक जना केटीसँग अनैतिक काम गरेको र २७ लाख बराबरको खडेरी उनले खरिद गरेको विषयमा उनी पार्टी भित्र विवादित रहँदै आएका थिए । त्यत्रो पैसा कसरी आयो भन्ने विषयमा खोजी हुनुपर्ने र अनैतिक काम गर्ने उनलाई कारबाही गर्नुपर्नेमा नेताहरुबीच तिब्र विवाद रहेकै बेला शाहीले भने पार्टी त्यागेका हुन् ।
क्रान्तिकारीका एक विद्यार्थी नेताले पार्टी त्याग्दा केटीकाण्डबाट पनि बचिने र खडेरीकाण्डबाट पनि उम्कने सोचेर राजीनामा दिएको हुनसक्ने बताए ।
उनी सँगै नाम जोडिएकी केटी भने राष्ट्रिय खेलकुद परिषदमा आवद्ध रहेको तथा नर्स समेत भएको बताइएको छ । केही समयदेखि उनी भने सम्पर्कबिहीन छिन् ।
त्यसो त, केही दिन अघि मात्रै अखिल क्रान्तिकारीको जिल्ला कमिटीको बैठकमा शाहीले भने युद्ध नगरी केही नहुने भन्दै पार्टी अघि बढ्न डराएको र आफूहरुमाथि फेरि धोका भएको समेत भनेका थिए ।
प्रकाशित मिति:
October 04, 2013