चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्न राष्ट्रपति तथा उपराष्ट्रपतिको आग्रह
राष्ट्रपति डा यादवले आगामी मङ्सिर ४ गते हुने चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्ने काममा सहयोग गर्न सबैलाई अहपील गर्नु भएको छ । दशैको शुभकामना सन्देश दिनुहुँदै उहाँले जनताले आफ्नो संविधान आफँै लेख्ने अवसरको रुपमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण सम्पन्न गरी हाम्रो आफ्ना आवश्यकता र अनुरुपको संविधान निर्माण गरेर विश्व समुदाय समक्ष हामी नेपालीले उदाहरण प्रस्तुत गर्नु पर्ने बताउनु भएको छ । राष्ट्रपति यादवले विविध भाषा, संस्कृति, परम्परा र भूभागका बासिन्दाहरूबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्न समेत चाडपर्वहरूले अतुलनीय योदगान रहेको उल्लेख गर्नु भएको छ । चुनाव आफ्ना तमाम विमतिका विषयहरूलाई थाँती राख्ने जनताको अभिमत प्राप्त गर्ने अवसर भएकाले सबै पक्षले उपयोग गर्नेछन् भन्ने विश्वास लिएका छु । राष्ट्रपतिले भन्नु भएको छ । उपराष्ट्रपति परमानन्द झाले आजै एक शुभकामना दिँदै आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको चुनावलाई निर्विघ्नतासाथ शान्तिपूर्वक सम्पन्न गराउनु हामी सबैको दायित्व भएको बताउनु भएको छ ।
प्रकाशित मिति:
October 14, 2013