दैलेखमा तरुण दलका नेताको हत्या

सल्लेरी गाविस– ३ स्थित घर नजिकै खोल्सामा मृत भेटिएका उनको हत्या भएको परिवारको दाबी छ ।
तिहारको अघिल्लो दिन देउसी भैलो खेल्ने क्रममा राजनीतिक विषयलाई लिएर एमाले सम्वद्ध यूवाहरुसग झगडा भएको र गाउँलेहरुले छुटाएको बताइएको छ ।
हत्या आंशकामा एमालेका ४ जना कार्यकर्ताहरुलाई पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय नौमुलेमा राखेको छ।
प्रकाशित मिति:
November 06, 2013