विघटित बैंकका तत्कालीन अध्यक्षसहित ६ जना अख्तियारद्धारा पक्राउ
मंसिर २७ । विघटित एक बैंकका तत्कालीन अध्यक्षसहित ६ जनलाई अख्तियार दुरुपयोग आयोगले नियन्त्रणमा लिएको छ ।
विघटित घरेलु तथा साना उद्योग विकास बैंकका तत्कालीन अध्यक्ष सिताराम प्रसाईंसहित ६ जनालाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो ।
अख्तियारले प्रसाईसहित बैंकका तत्कालीन महाप्रवन्धक भागवत श्रेष्ठ, वरिष्ठ प्रवन्धक सुनिल गुरुङ, खोसी मार्केटिङ प्रालिका प्रोप्राइटर तथा बैंकका ऋणी केशवलाल खोसी श्रेष्ठका वारेस सुनील प्रधान र मालपोत कार्यालय सुनसरीका तत्कालीन खरिददार दिब्यराज घिमिरेलाई हिरासतमा लिएको हो ।
सुनसमा एक लाख ८७ हजार ५ सय पर्ने जग्गाको ७० लाख रुपैयाँ मूल्यांकन गराई सोही बराबरको कर्जा स्वीकृत गरी कर्जा अपचलन गरेको आरोपमा उनीहरुलाई हिरासतमा लिएको अख्तियारले जनाएको छ ।
उक्त बैंकको नाम परिवर्तन गरी मनकामना बैंक हुँदै अहिले यति विकास बैंकको नामबाट सञ्चालन हुँदै आएको छ ।
प्रकाशित मिति:
December 12, 2013