संविधानसभा विघटनको मुद्धा अगाडी सार्दै माओवादी
मंसिर २४ । चुनावको बहिस्कार गरेको नेकपा–माओवादीले संविधानसभा विघटनको औपचारिक माग अघि सारेको छ ।
आइतबारदेखि राजधानीमा सुरु भएको बैठकमा अध्यक्ष मोहन वैद्यद्धारा प्रस्तुत ६ पृष्ठ लामो दस्तावेजमा संविधानसभा विघटनलाई मुख्य मुद्धा बनाइएको छ । उक्त दस्तावेजमा संविधानसभाको विघटन, नया“ सर्वपक्षीय राजनैतिक सभा र अन्तरम सरकारको कुरालाई प्रमुखताका साथ उठाइएको छ ।
दस्तावेजमा यही संविधानसभालाई स्वीकार गर्ने, यसमा सहभागी हुन खोज्ने वा त्यसबाटै संविधचान खोज्ने कुनै पनि प्रकारका प्रयास संसदीय अभ्यास भएकाले त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ । उक्त दस्तावेजमा संविधानसभा विघटन गरी गोलमेच सभा र त्यसमार्फत राष्ट्रिय संयुक्त सरकार गठन गरिनुपर्ने नारा अघि सारिएको छ ।
क्रान्तिकारीहरुको एकताको प्रस्ताव पनि दस्तावेजमा उल्लेख रहेको जनाइन्छ । एमाओवादीले हेटौंडा महाधिवेशनको कार्यदिशा सच्याएर जनविद्रोहको कार्यदिशा लिए एमाओवादीस“ग पनि पार्टी एकतामा जोड दिइएको स्रोत बताउछ ।
दस्तावेजमा अध्यक्ष वैद्यले पार्टीलाई नया“ उर्चामा उठाउनका लागि नया“ कार्यक्रम प्रस्ताव गरिएको समेत जनाइएको छ ।
बैठकको पहिलो दिन अध्यक्षद्धारा प्रस्तुत दस्तावेज केन्द्रीय सदस्यहरुलाई पढ्न दिइएको र पहिलो दिन १५ जना राज्य समिति इन्चार्जहरुले रिपोटिंग गरेको केन्द्रीय सदस्य पवनमान श्रेष्ठले सौर्यलाई जानकारी दिए ।
पा“च दिनसम्म चल्ने बैठकमा अध्यक्ष वैद्यले दस्तावेज भने समय अभावले पढ्न नपाएको बताइएको छ । सोमबार बिहान भने अध्यक्षले दस्तावेज पढेर सुनाइने बताइएको छ । दस्तावेज पढेर सुनाइएपछि दस्तावेजमाथि छलफल हुनेछ ।
प्रकाशित मिति:
December 08, 2013