मरेकालाई पनि जिउँदो भन्दै धमाधम पैसा असुल्छन् नीजि अस्पताल
मंसिर २३ । मृतकलाई जिउँदो भन्दै नीजि अस्पतालहरुले रकम असुलेका रहस्यहरु खुल्न थालेका छन् ।
विराटनगरस्थित एक निजी अस्पतालका आईसीयु कक्ष बिरामीलाई सुविधासहित उपचार गर्नुभन्दा पनि मोटो रकम असुल्ने र कमाई खाने भाँडो बन्दै गएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।
कतिपय अस्पतालले बिरामीको मृत्यु भइसके पनि जिउँदै रहेको भन्दै आईसीयूमा राखेर रकम असुल्ने गरेको समेत पाइएको हो ।
पुष्पलालचोकका कुमार पोखरेलले गत सोमबार २० वर्षकी साली अस्मिता खतिवडालाई मस्तिष्कघात भएपछि विराटनगरकै न्युरो अस्पताल पुर्याए। ‘केही परीक्षण गरेपछि टाउकोमा रगत जमेको छ भन्दै डाक्टरले अपरेसन गरे,’ पोखरेलले भने, ‘सालीको मृत्यु भइसकेको रहेछ । तैपनि जिउँदै छिन भनेर भनेर तीन दिन भेन्टिलेटरमा लगाई आईसीयुमै राखेर उपचार गर्नुपर्छ भन्दै थिए। हामीले पैसा तिर्न सक्दैनौं, शव देउ भनेपछि मात्र दिए।’
हामीले जबरजस्ती नगरेको भए शव आइसियुमै राखेर पैसा असुल्ने अस्पतालको योजना रहेछ, उनले भने, 'त्यही बुझेपछि ७२ घन्टा राख्नुपर्छ भन्दा भन्दा शव लिएर गयौ।'
यस्तै मोरङ झोराहटकी अन्जु लुईँटेललाई पनि सडक दुर्घटनामा परेर अस्पताल भर्ना गर्दा १९ दिनसम्म भेन्टीलेटरमा राखियो। तर, उनको उपचारकै क्रममा मृत्यु भयो। परिवारले दैनिक १४ हजार रुपैयाँका दरले पैसा बुझाएका उनक देवर भरत लुईँटेलले बताए। भेट्न जाँदा चिन्न थाल्नुभएको थियो तर आइसियुकै चिसोले उहाँ वित्नुभयो, भरतले भने, यसबारे चिकित्सकले केही भनेनन् अन्तिम अवस्थामा आएर मात्र जानकारी गराएर अन्तथै लैजान भने । ज्यान पनि बचेन अस्पतालले लाखौं रुपैयाँ असुल्यो ।

प्रकाशित मिति:
December 08, 2013