कति वर्षका भए पुष्पकमल दाहाल ?
मंसिर २६ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आज जन्म दिन हो । २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी २ लेवाडेमा जन्मिएका दाहालले ६० वर्षमा पाइला टेकेका छन् ।
न्वारसको नाम छविलाल भएपनि जनयुद्धको समयमा भने दाहाललाई प्रचण्ड नामबाट धेरैले चिन्ने गर्दथे । जनयुद्धकै क्रममा सोही नामबाट प्रचण्डपथ समेत बन्दै गएको थियो । तर शान्ति प्रक्रियामा आएपछि मिडिया तथा उनकै पार्टीबाट अलग बनेको वैद्य नेतृत्वको नेकपा माओवादीले पनि प्रचण्डपथ गलत भन्न थालेपछि उनी पछिल्लो पटक पुष्पकमलबाट चिनिने गर्दछन् ।
बुधबार ५९ औं वसन्त पार गरेका उनको विद्यार्थी र राजनीतिक जीवन भने चितवनमा बितेको थियो । चितवनबाटै उनी कम्युनिष्ट पार्टीमा पनि लागेका थिए ।
१० वर्षे सशस्त्र जनयुद्धमा सुप्रिम कमाण्डर समेत रहेका उनी अहिले भने पार्टीको कार्यदिशा नै परिवर्तन गरेर संसदवादी दलकै हैसियतमा राजनीति गर्दै आएका छन् । दाहालका गुरु समेत रहेका माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको पार्टीले भने दाहालमा विचलन आएको आरोप लगाउँदै आएको छ ।
उनी २०६५ भदौ २ गते गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । दुई छोरी र एक छोरा र श्रीमती परिवारसाथमा रहेका उनी छोराको विभिन्न क्रियाकलापले पनि बेला बेला लफडामा पर्दै आएका छन् ।
दोस्रो संविधानसभा चुनावमा पार्टी पहिलो चुनावको भन्दा धेरै गुणा नराम्ररी खुम्चिएपछि संविधानसभा र संविधानसभा बाहिर पार्टीको पहिचान जोगाउनु दाहालका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

प्रकाशित मिति:
December 11, 2013