गाउँगाउँमा सूचना र प्रविधिको विकास गर्दै सञ्चार मन्त्रालय
चितवन १३ माघ । गाउँगाउँमा सूचना र प्रविधिको विकास गर्ने उद्देश्यले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले परियोजना सुरु गरेको छ ।
नेपालका ५२ जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सूचना र प्रविधिको पहुँच पु¥याउनु कार्यक्रम सुरु गरिएको सञ्चार मन्त्रालयका सहसचिव तथा परियोजना निर्देशक सुशील ओझाले जानकारी दिए ।
सार्क विकास कोषको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम रु १४ करोडको रहेको छ । प्रविधिको विकास गर्न मन्त्रालयले ग्रामीण समुदायको सशक्तीकरणमार्फत ‘पहुँच नभएकामा पहुँच पु¥याउने’ परियोजना सञ्चालन गरेको हो ।
छनोटमा परेको सहकारी तथा विभिन्न सङ्घ संस्थाले सूचना र प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । देशका ८१ क्षेत्रमा यो कार्यक्रम लागू हुने सहसचिव ओझाले जानकारी दिए ।
सो कार्यक्रममार्फत सर्वसाधारणलाई सञ्चार प्रविधिका सबै सेवा पु¥याउने लक्ष्य रहेको उनले बताए । आजदेखि चितवनमा सोही कार्यक्रम सञ्चालनका लागि मध्यमाञ्चल विकास क्षेत्रका १३ जिल्लाका प्रतिनिधिको सहभागितामा गोष्ठी सुरु भएको छ । भोलिसम्म चल्ने गोष्ठीमा कुन कुन सङ्घ संस्थालाई कार्यक्रम दिने भन्ने छनोट हुने मन्त्रालयका उपसचिव अनुप नेपालले जानकारी दिए ।
विगतमा हुलाकले उपलब्ध गराएको टेलिसेन्टरकै विकसित रूपमा प्रविधिको विकास गर्न लागिएको नेपालले बताउनुभयो । धनगढी र सुर्खेतमा भइरहेको र अब पोखरामा पनि यस्तै कार्यक्रम गर्ने र संस्था छनोट गर्ने सञ्चार मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रममार्फत गाउँमै इमेल, इन्टरनेट प्रयोग गर्न सकिने, स्क्यानिङ, फोटोकपी र फ्याक्स मेसिनसमेत उपलब्ध गराइने मन्त्रालयका सहसचिव ओझाले बताए । टेलिसेन्टरले प्रभावकारी काम नगरेकाले सोलार प्रयोग गरेर २४ घण्टा नै सेवा दिने उद्देश्य रहेको उनले बताए ।
सो प्रविधि भने सरकारले नियन्त्रण नगरी समुदायबाटै चल्ने भएकाले प्रभावकारी हुने हुलाक सेवा विभागका निर्देशक रूपनारायण भट्टराईको भनाई छ । रासस

प्रकाशित मिति:
January 27, 2014