प्रहरी रोल मोडेल भई कार्य गर्ने भन्दै एसएसपी खरेलद्धारा १० बुँदे कार्ययोजना सार्वजनिक
फागुन १ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशप्रसाद खरेलले नयाँ कार्ययोजना सार्वजनिक गरेका छन् ।
काठमाडौंको प्रमुख भएर आएको १० दिनको समयावधि भित्रै शुक्रबार एसएसपी रमेश खरेलले आफ्नो १० बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याउने र प्रहरी स्वयं समस्याको कारक नबनी रोल मोडेल भई कार्य गर्ने बताएका छन् ।
एसएसपी खरेलले सार्वजनिक गरेका कार्ययोजनाका बुँदा यस्ता छन् :–
१. प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याउने र प्रहरी स्वयं समस्याको कारण नबनी रोल मोडल भई कार्य गर्ने।
२. गुन्डागर्दी, फरार अभियुक्त एवं दण्डसजाय तोकिएका अपराधीहरुलाई तदारुकताका साथ पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा कैद मुक्त भएका व्यक्तिउपर निगरानी राख्ने।
३. भ्रष्टाचार र दण्डहिनताविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्ने।
४. अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन वैज्ञानिक साधनहरुको प्रयोगलाई प्राथमिकताका साथ अवलम्बन गर्दै जाने।
५. सुरक्षासँग सम्बन्धित विषयमा खबर संकलन गर्न स्थानीय सामुदायिक केन्द्र एवं विभिन्न संघसंस्थाहरुसँग समेत समन्वय तथा सहकार्य गरी चुस्त र भरपर्दो सञ्जाल स्थापना गर्ने।
६. सामाजिक विकृति, जुवातास, वेश्यावृत्ति, दुर्व्यवहारजस्ता अनैतिक क्रियाकलाप नियन्त्रण गर्न कडाइसाथ प्रस्तुत हुने।
७. दलाल, अपराधी, भ्रष्टाचारी तथा दुई नम्बरी व्यक्तिहरूसँग उठबस, सम्पर्क तथा सम्बन्धबाट बिलकुल टाढा रहने।
८. चोरी, लुटपाट तथा डकैती न्यूनीकरण गर्नका लागि प्रहरी परिचालनमा व्यापकता दिने। ९. समय समयमा नागरिक समाजसँग शान्ति सुरक्षालगायतका क्षेत्र समेट्ने गरी अन्तर्क्रिया कार्यक्रम राख्ने तथा प्रहरी कामकारबाहीबारे पृष्ठपोषण लिने। १०. भए गरेका नीति निर्देशनहरुको पालनाबाट आएको प्रतिफलअनुसार प्रहरी कर्मचारीलाई पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने।

प्रकाशित मिति:
February 13, 2014